राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १६ चैत्र, २०८१
१७ चैत्र २०८१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर राजनीतिक दलहरूको बैठकले गत शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको मुख्य योजनाकार पूर्वराजा रहेको निष्कर्ष निकालेको छ ।
प्रमुख नेताबीचको बैठकले संविधानविरोधी गतिविधि गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन उल्ट्याउने षड्यन्त्रमुलक गतिविधिको मुख्य योजनाकार पूर्वराजा राजा नै भएको निष्कर्ष निकाले हो ।
गृहमन्त्री रमेश लेखकका अनुसार संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था उल्ट्याउने, नेपालको संविधानलाई नै समाप्त गर्ने कार्य भइरहेको र यस्ता षड्यन्त्रमूलक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा भएमा सबैदलको एकमत रहेको प्रस्ट पारे।
उनले बैठकमा सञ्चारमाध्यम, व्यापारव्यवसाय, राजनीतिक संस्थाको कार्यालयमा भएको आक्रमणबारे छलफल भएको बताएका छन् ।