शुक्रबार, ५ बैशाख, २०८२

गठबन्धन गर्ने वा नगर्ने भन्ने बिषयमा कांग्रेस बैठकमा व्यापक बहस

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ९ फाल्गुन, २०८०

गठबन्धन गर्ने वा नगर्ने भन्ने बिषयमा कांग्रेस बैठकमा  व्यापक बहस

काठमाडौँ। सोमबारबाट ललितपुरको गोदावरीमा जारि नेपालि कांग्रेस महासमिति बैठकमा नेपाली कांग्रेस  गठबन्धन गर्ने वा नगर्ने बिषयमा नेताहरुबीच चर्काचर्की चलिरहेको छ । महामन्त्री गगन थापाले विगतमा गठबन्धन गर्दा पार्टी कमजोर भएको भन्दै आगामी दिनमा गठबन्धन नगर्ने र कुनै पनि निर्वाचनमा पार्टीका मतदाताले रुख चिन्हमा मात्रै मतदान गर्न पाउने अवस्थाको सुनिश्चतता गर्ने प्रस्ताव महासमिति बैठकमा पेश गरेका छन् ।

प्रस्तावहरुमाथि अहिले चलिरहेको समूहगत छलफलमा बोल्ने नेता र महासमिति सदस्यहरुले पनि फरक-फरक धारणा राखेका छन् ।सभापति शेरबहादुर देउवाले महामन्त्री थापाको त्यो प्रस्ताव बैठकमा आउनै नदिने प्रयास गरेका थिए । त्यसक्रममा संस्थापन पक्ष गठबन्धनको विषयलाई छलफलको विषय नै नबनाउने प्रयास गरेको थियो भने संस्थापन इत्तर पक्षले गठबन्धन गर्न नहुने भनेर प्रष्ट निर्णय गर्नुपर्ने अडान राखेको थियो ।महामन्त्री गगन थापाको प्रस्ताब छलफलको बिषय त बन्यो तर  नेताहरुमा भने व्यापक रुपमा मत बिभाजन देखिएको छ। 

कतिपय नेता हरु गठबन्धन कै कारणले नेपालि कांग्रेस केन्द्र तथा सातै प्रदेश का सरकारहरुमा सामेल हुन् पाइरहेको छ भन्दै गठबन्धनको बिषयमा बोल्न नहुने तर सरकार भने राम्रो संग संचालन गर्नु पर्नेमा जोड दिए भने।  संस्थापन इतर समुहका नेताहरुले भने गठबन्धनको कारणले नेपालि कांग्रेसप्रति जनाताको धारणा परिवर्तन भएको तथा पहिले भन्दा पार्टी झन् कमजोर भएकोले गठबन्धन गर्न नहुने धारणा ब्यक्त गरेका छन्। 

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif