बुधबार, ८ जेष्ठ, २०८२

हालसम्म २ आंगिकसहित ८२ क्याम्पसमा सभापति निर्विरोध निर्वाचित

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २८ फाल्गुन, २०८१

हालसम्म २ आंगिकसहित ८२ क्याम्पसमा सभापति निर्विरोध निर्वाचित

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय अन्तरगतका ६२ ओटा आंगिक क्याम्पससहित अन्य एक हजार भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा यही चैत्र ५ गतेलाई तोकेको स्ववियु निर्वाचन अन्तर्गत ८० भन्दा क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको खबर प्राप्त भएको छ । प्राप्त जानाकारी अनुसार ६२ ओटा आंगिक क्याम्पसमध्ये धनकुटा बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियु र दाङको महेन्द्र बहुमुखी क्याम्पसमा कांग्रेसनिकट नेविसंघका सभापति  निर्बिरोध निर्वाचित भएका छन् ।

अन्य आंगिक क्याम्पसमध्ये केहीमा बिबादका कारण विद्यार्थी संगठनले ताला लगाएकोले  निर्वाचन प्रक्रिया अघि बढेको छैन,भने बाँकीमा चैत ५ गते मतदान हुदैछ । हालसम्म विद्यार्थी संख्या थोरै भएका साना क्याम्पसहरुमा सम्बन्धित ठाउँमै सहमतिबाट पदाधिकारी चयन भएका छन् । अहिलेसम्म प्राप्त परिणाम अनुसार एमालेनिकट अनेरास्ववियुले एक आंगिकसहित ३२ क्याम्पसको सभापति जितेको छ ।

त्यस्तै नेविसंघले एक आंगिकसहित २८ क्याम्पसमा सभापति जितेको छ । माओवादीनिकट अखिल क्रान्तिकारीले २१ र नेकपा एसनिकट अनेरास्ववियूले एक सभापति पाएका छन् ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif