राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २० जेष्ठ, २०८२
१९ जेठ २०८२, काठमाडौँ । काठमाडौँको कमलादीमा दिवंगत राजपरिवारलाई श्रद्धान्जली र दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ ।
दिवंगत राजपरिवारलाई श्रद्धान्जली दिन र दीप प्रज्ववलनका लागि कमलादीस्थित गणेश मन्दिरमा पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयन्द्र शाह पुगेका थिए ।
मन्दिर प्रवेशका क्रममा समर्थकहरुले नाराबाजी र जयजयकार गरेका थिए । कमलादी मन्दिरमा बाक्लो भीड लागेको थियो ।
दीप प्रज्ज्वलन कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा रानीको तस्वीरमा माल्यार्पण गरेका थिए ।
दीप प्रज्वलनका लागि राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले राजावादी नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।