मंगलवार, २८ आश्विन, २०८२

हर्क साम्पाङले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ११ आश्विन, २०८२

हर्क साम्पाङले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

२०८२ असोज ११, काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै राजीनामा मागेका हुन् ।

साम्पाङको यो भनाइले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ । जेनजी आन्दोलनका मागहरूलाई सम्बोधन गर्न सरकार असफल भएको भन्दै विभिन्न क्षेत्रबाट आलोचना भइरहेका बेला मेयर साम्पाङको यो माग आएको हो ।

साम्पाङले भनेका छन् “सुशीला जी, तपाईंले जेनजीको मर्म अनुसारको काम गर्नु सक्नुभएन। राजीनामा दिनुस्। म गर्छु उनीहरूको माग पूरा, एक–एक गरेर।”

साम्पाङले जेनजी आन्दोलनका माग र मर्मअनुसार सरकार काम गर्न असफल भएको दाबी गर्दै कार्कीलाई पद छोड्न भनेका हुन्। उनले आफूले मागहरू एक-एक गरेर पूरा गर्नेसमेत बताएका छन् ।

advertisement_1676551646.gif