मंगलवार, २८ आश्विन, २०८२

जेनजी आन्दोलनका सहिदहरूको राष्ट्रिय सम्मान सहित अन्त्येष्टि

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ३१ भाद्र, २०८२

जेनजी आन्दोलनका  सहिदहरूको राष्ट्रिय सम्मान सहित अन्त्येष्टि

काठमाडौँ। जेनजी समूहको प्रदर्शनका क्रममा निधन भएका सहिदहरुको राष्ट्रिय सम्मानका साथ आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। आज नेपाल सरकारका  ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए।अन्त्येष्टिअघि महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट पशुपति आर्यघाट सम्म  शवयात्रा गरिएको थियो।

आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामी अर्पण गरेका थिए। सरकारले  मृतकका परिवारलाई काजकिरियाका लागि एक लाख उपलब्ध गराउने निर्णय गरिसकेको छ भने आन्दोलनका क्रममा निधन भएकाहरुलाई सरकारले सहिद घोषणा गर्दै उनीहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने बताएको  थियो  । यस्तै, उनीहरुको सम्झनामा असोज १ गते शोक दिवस मनाइने भएको छ । 

advertisement_1744958411.jpg