मंगलवार, २८ आश्विन, २०८२

जेनजीको प्रदर्शनलाई बालेनको समर्थन

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २२ भाद्र, २०८२

जेनजीको प्रदर्शनलाई बालेनको समर्थन

२०८२ भदौ २२, काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले समर्थन जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत उमेर हदका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि समर्थन रहेको बताएका हुन् ।

‘भोलिको र्‍याली स्पष्ट स्वस्फूर्त रुपमा जेनजीको हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ,’ बालेनले लेखेका छन्, ‘भोलि यो स्वस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला! म उमेर हदको कारण जान मिलेन, तर उहाँहरूको कुरा बुझ्न जरुरी छ, मेरो भरपूर समर्थन छ ।’

उनले ‘प्रिय जेनजी भन्नुस् तपाइँहरुले कस्तो देश देख्न चाहनुहुन्छ?’ भन्दै प्रश्नसमेत गरेका छन् ।

advertisement_1676553908.gif