राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २३ भाद्र, २०८२
२०८२ भदौ २३, काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायमै रहने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध नहटाउने निर्णय गरेको हो ।
कांग्रेसका मन्त्रीहरुले प्रतिबन्धको निर्णय फिर्ता लिनुपर्ने सुझाव दिए पनि प्रधानमन्त्री ओलीले निर्णय फिर्ता नलिने बताएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए ।
उनले काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्ने बताएका छन् । यस्तै बैठकले १९ जनाको ज्यान जानेगरी भएको गोलीकान्डको छानिबन गर्नका लागि समिति बनाउने निर्णय गरेको छ ।
समितिले १५ दिनभित्र घटनाको छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाउनेगरि समिति बनाउने तय भएको बताइएको छ ।