राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २३ भाद्र, २०८२
२०८२ भदौ २३, काठमाडौं । आज सोमबार जेनजीहरूको प्रदर्शनबाट हालसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको जनाएको छ । त्यस्तै आज भएको प्रदर्शनमा देशभर विभिन्न अस्पतालहरूमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।
काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।