मंगलवार, १७ असार, २०८२

जनआन्दोलन समितिद्वारा आज हुने भनिएको उपत्यका बन्द फिर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २० जेष्ठ, २०८२

जनआन्दोलन समितिद्वारा आज हुने भनिएको उपत्यका बन्द फिर्ता

१९ जेठ २०८२, काठमाडौँ । संयुक्त जनआन्दोलन समितिले जेठ १९ गतेका लागि घोषणा गरिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा यो जानकारी दिइएको हो ।

जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका समितिका सबै सदस्यहरू रिहा भएको अवस्थालाई मध्यनजर गर्दै बन्दको कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ।

संयुक्त जनआन्दोलन समिति संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको मागसहित आन्दोलनरत छ ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif