राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १४ बैशाख, २०८२
वैशाख १४, २०८२ काठमाडौँ। कांग्रेसकी सांसद माया राई लाई अदालतबाट तीन दिनको म्याद थप भएको छ । काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसुरमा शनिबार राति आफ्नै निवास बाट पक्राउ परेकी राईलाई म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो ।अदालतबाट तीन दिनको म्याद लिएर उनीमाथि सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको बताइएको छ।
आइतबार नै सांसद राई पक्राउ परेकाबारे सभामुख देवराज घिमिरेलाई जानकारी गरिएको थियो ।