मंगलवार, १२ कार्तिक, २०८२

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २८ बैशाख, २०८१

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं। प्रतिनिधिसभाको आजको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण अवरुद्ध भएको छ । कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

कांग्रेसले सहकारी बचत अपचलन प्रक्रियामा गृहमन्त्री रवि लामिछाने दोषी रहेको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । सहकारी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद्को कामकारबाही अगाडि बढ्न नदिने भन्दै कांग्रेसले अवरोध गरेपछि शुक्रबारको प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो।

कांग्रेस सांसदहरूले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न र सहकारी पीडितहरूलाई न्याय दिन माग गर्दै नाराबाजी गरिरहेपछि सभामुख देवराजले बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित गरेका थिए ।

त्यसपछि पुनः सुरु भएको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रबी लामिछानेले बोल्न खोज्दा पनि कांग्रेसको अवरोध जारी राखेको थियो ।

advertisement_1744958411.jpg