शनिबार, ६ बैशाख, २०८२

कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १ जेष्ठ, २०८१

कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने भएको छ । 

मंगलबार सिंहदरबारमा बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा छलफल भएको कांग्रेसका एक नेताले जानकारी दिए ।  नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने आफूहरूको माग पूरा नभएसम्म अवरोध कायमै राख्नेगरी छलफल भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार आज जेठ १ गते मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यको उपस्थिति आह्वान गरिएको छ ।

संघीय संसदको संयुक्त बैठकमा मंगलबार अपराह्न ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने माग गर्दै आएको छ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif