सोमबार, ११ कार्तिक, २०८२

कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १४ असार, २०८२

कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

१४ असार २०८२, काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली स्‍पेन भ्रमणमा गएकाले उनको अनुपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहलाई दिएका हुन् ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको “विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन”मा सहभागि हुन औपचारिक भ्रमणका लागि आज स्‍पेन प्रस्थान गरेका छन् । 

प्रधानमन्त्री ओली असार २० गते शुक्रबार स्वदेश फर्कने परराष्‍ट्र मन्‍त्रालयले जनाएको छ ।

advertisement_1676998982.gif