राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १४ भाद्र, २०८२
२०८२ भदौ १४, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) बिहान पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेकोले कार्यवाहकको जिम्मेवारी सिंहलाई दिइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।।
यसअघि पनि प्रधानमन्त्री ओलीले आफू देश बाहिर जाँदा सिंहलाई नै कार्यवाहकको जिम्मेवारी दिने गरेका थिए ।