मंगलवार, १२ कार्तिक, २०८२

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री कामीकावा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २३ बैशाख, २०८१

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री कामीकावा

काठमाडौं। जापानकी विदेशमन्त्री कामिकावा योको काठमाडौं आइपुगेकी छन्। एक दिने भ्रमणका लागि योको नेपाल आइपुगेकी हुन्।

विदेशमन्त्री योकोलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ठ कक्षामा परराष्ट्र सचिव सेवा लम्सालसहितले स्वागत गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री योकोले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्‍यस्‍तै परराष्‍ट्रमंत्री नारायणकाजी श्रेष्‍ठसँग पनि भेटवार्ता कार्यक्रम रहेको छ।

उनी आजै टोकियो फर्किने कार्यक्रम छ ।

advertisement_1680627680.gif