सोमबार, ११ कार्तिक, २०८२

काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ भाद्र, २०८०

काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाल निधन भएको छ ।बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान ७ः३० बजे निधन भएको थियो ।

क्षेत्र नम्बर ७ का नेपाली कांग्रेसका सभापति समेत रहेका वडाध्यक्ष मुकुन्द रिजाल निधन भाइरल निमोनियाबाट भएको चिकित्सकले बताएका छन् ।

कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजाल काठमाडौं महानगरपालिका– १६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।

advertisement_1676551537.gif