मंगलवार, १७ असार, २०८२

कमल थापा भेट्न पुगेका राप्रपा सांसद दीपक सिंह पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १९ जेष्ठ, २०८२

कमल थापा भेट्न पुगेका राप्रपा सांसद दीपक सिंह पक्राउ

१८ जेठ २०८२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद दीपक सिंहलाई समेत प्रहरीले पक्राउ गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका सिंहलाई प्रहरीले सोही स्थानबाट नियन्त्रणमा लिएको हो ।

सांसद सिंहलाई सोधपुछका लागि राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

उनीसँगै आइतबार पक्राउ पर्नेको संख्या ८ पुगेको छ । यसअघि राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापासहित सातजनालाई प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै पक्राउ गरेको थियो ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif