सोमबार, ११ कार्तिक, २०८२

कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २१ चैत्र, २०८०

कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्। बुधबार बसेको प्रदेशसभा  बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् ।

आज उनले विश्वासको मत लिने कार्यसूची भएपनि उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् । 

शर्माले आफ्नो नेतृत्वले निरन्तरता पाउनुपर्ने अडान राख्दै आएका थिए । सोहीअनुसार मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । सहमति नभएपछि विश्वासको मत लिने तयारी स्थगित गरेका थिए ।

मुख्यमन्त्रीको राजीनामासँगै एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्‍ने भएका छन् ।

advertisement_1744958411.jpg