शुक्रबार, ५ बैशाख, २०८२

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २७ चैत्र, २०८०

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त

काठमाडौँ  कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्। उनलाई कर्णाली प्रदेश प्रमुख तिलक परिवारले मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख तिलक परिवारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभा सदस्य माननीय यामलाल कँडेललाई कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ जना सांसदको हस्ताक्षरसहित कँडेलले प्रदेश प्रमुख परिवारसमक्ष दाबी पेश गरेका थिए।

कर्णाली प्रदेश सभामा नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एकसहित २३ प्रदेश सभा सदस्य छन् ।

प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्रीको पद तथा गोपनीयतानको शपथ भोलि गर्ने जनाएको छ ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif