शुक्रबार, ५ बैशाख, २०८२

कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आव्हान

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २१ चैत्र, २०८०

कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आव्हान

सुर्खेत। कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आव्हान गरिएको छ। मुख्यमन्त्री राजकुमार शर्माले बुधबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने वातावरण नभएको भन्दै प्रदेशसभा  बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन्।

प्रदेश प्रमुख तिलक परियारले सात दिनको समय दिएर संविधानको धारा १६९ को उपधारा (१) को उपधारा (क) अनुसार चैत २७ गते बेलुका ५ः५० भित्र नयाँ सरकार गठन गर्न विज्ञप्ति जारी गर्दै आह्वान गरेका हुन्।

प्रदेश प्रमुखले दिएको समयसीमाभित्र संविधानको धारा १६९ को उपधारा (३) अनुसार प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुखे जिम्मेवारी समेत तोकेका छन्।

संघमा सत्तासमीकरण फेरिएसँगै काँग्रेसले गत फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif