शनिबार, ६ बैशाख, २०८२

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ९ श्रावण, २०८१

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ

दाङ, ९ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहणको कार्यक्रमा मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । ​

एमाले संसदीय दलका उपनेता आचार्य सोमबार एमालेका २९ र कांग्रसका २७ गरी ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

८७ सदस्य प्रदेशसभामा सरकार गठनको लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनी प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif