शुक्रबार, ५ बैशाख, २०८२

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २३ चैत्र, २०८०

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

काठमाडौं। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्य समर्थनमा महराले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

महरालाई मुख्यमन्त्रीमा नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदले समर्थन गरेका छन्।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif