राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १२ श्रावण, २०८२
११ साउन २०८२, काठमाडौं । लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डे मन्त्री नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्याालयले पाण्डेलाई मन्त्री नियुक्त गरेको जानकारी आजै इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराइसकिएको आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बताए ।
पाण्डेको दल लोसपा प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। लुम्बिनीमा लोसपाका तीन सांसद रहेका छन् । पाण्डे दलको नेतासमेत हुन् ।
उनको शपथग्रहण भोलि सोमबार दिउँसो ३ बजे हुने भएको छ।