शुक्रबार, ५ बैशाख, २०८२

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट दिए राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २२ चैत्र, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट दिए राजीनामा

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजनीनामा दिएका हुन्।

नेपाली कांग्रेस संसदीय दलका नेता रहेका चौधरी ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । नयाँ गठबन्धन (माओवादीले गत फागुन २३ गते समर्थन फिर्ता लिए सँगै चौधरी अल्पमतमा परेका थिए । चौधरीको राजीनामासंगै नयाँ सरकार गठनको बाटो खुलेको छ।

दलहरूबीच सरकार सञ्चालनका लागि ५ बुँदे समझदारी समेत बनेको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम माओवादी लुम्बिनी प्रदेश संसदीय दलको दलका नेता जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री बन्दैछन्।

लुम्बिनीका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तथा एक स्वतन्त्र सांसदबीच माओवादी केन्द्रका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने सहितका पाँच बुँदे सहमति गरेका छन् ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif