मंगलवार, २८ आश्विन, २०८२

लिपुलेकका विषयमा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री सँग कुरा गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १२ भाद्र, २०८२

लिपुलेकका विषयमा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति  र भारतीय प्रधानमन्त्री सँग कुरा गर्ने

२०८२ भदौ १२,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताएका छन् । प्रधानमन्त्री अ‍ोलीले राष्ट्रिय सहमतिसँगै संसद्को विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका हुन् ।

एमाले काठमाडौं जिल्लाका नेताहरुसँग बालुवाटार बोलाएर राजनीतिक बिषयमा ब्रिफिङ्ग गरेका ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी मुद्दामा दुवै देशका नेतासँग बलियो कुरा राख्ने बताएको सभागी एक नेताले बताए । उक्त भेलामा सहभागी नेताहरूले पनि  प्रधानमन्त्रीसँग भारत र चीन भ्रमणका क्रममा लिपुलेकका सम्बन्धमा बुझिने र मनन गर्न सकिने गरी कुरा राख्न आग्रह गरेका छन् ।

ओलीले भदौ ‘१४ गते संसदमा कुरा राख्ने र संसद्को समेत विश्वास लिएर दुवै देशका नेतासँग बलियो कुरा राख्ने कुरा बताएइको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि संघाई सहयोग संगठन (एससीओ) को २५ औं शिखर सम्मेलन तथा ‘एससीओ प्लस’ बैठकमा सहभागी हुन छिन् भ्रमण मा जादै छन् । प्रधानमन्त्री ओलीले सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्दै छन्  ।

advertisement_1676998982.gif