मंगलवार, २८ आश्विन, २०८२

ललितपुरका विभिन्न तीन क्षेत्रमा मध्यरातिसम्म कर्फ्यू आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २४ भाद्र, २०८२

ललितपुरका विभिन्न तीन क्षेत्रमा मध्यरातिसम्म कर्फ्यू आदेश

२०८२ भदौ २४,  ललितपुर । ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरिइएको छ ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ७ः०० देखि राति १२ः०० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेका छन् ।

कर्फ्यू आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।

advertisement_1676998982.gif