राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १३ श्रावण, २०८२
१२ साउन २०८२, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही साउन १५ गते प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । आज नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा दलका नेता एवं मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सर्वसम्मत निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैबीच कांग्रेस संसदीय दलको बैठकपछि प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित रही मुख्यमन्त्री शाह पक्षमा मतदान गर्न ह्विप जारी गरिएको छ ।
सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टीले गत असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नाउपाले समर्थन फिर्ता लिए पनि शाह नेतृत्वको सरकारसँग बहुमत सरकारको पक्षमा रहेेेका छ ।
तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम यही साउन १७ गतेभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्छ ।