मंगलवार, १२ कार्तिक, २०८२

मेरा कारण अप्ठ्यारो भएको भए आजैबाट ममाथि अनुसन्धान थाल्नुस् : रवि लामिछाने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३१ असार, २०८१

मेरा कारण अप्ठ्यारो भएको भए आजैबाट ममाथि अनुसन्धान थाल्नुस् : रवि लामिछाने

काठमाडौं, असार ३० । काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू मन्त्री भएर आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान गर्न आग्रह गरेका छन्।

मन्त्रालयबाट बाहिरिँदै गर्दा आज आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूमाथि पनि विभिन्न प्रश्न उठिरहेको बताए ।

उनले भने, ‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, यहाँहरू सबै साक्षी हुनुहुन्छ मैले आजसम्म मेरो विषयमा यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन। न कसैको सरुवा गर्नुस् भनेको छु। न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु। तर, पनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने गहन अनुसन्धान गर्नुस्।’

उनले गल्ती गर्ने जो भएपनि बच्नु बचाउनु नहुने बताए ।

advertisement_1744958411.jpg