राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २९ भाद्र, २०८२
२०८२ भदौ २९, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा सविता भण्डारी बराललाई नियुक्त गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । वरिष्ठ अधिवक्ता भण्डारी पहिलोपटक महिला महान्यायाधिवक्ता बनेकी छिन् ।
बडालको राजीनामा आएसँगै आजैमात्रै राष्ट्रपति रामचन्द पौडेलले स्वीकृत गरेका थिए ।