राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २९ आश्विन, २०८२
२०८२ असोज २९, काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताब गरिएको छ । जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले मिति र ठाउँ प्रस्ताव गरेका हुन् ।
ओलीले आज गरेको प्रस्तावलाइ केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्णय लिनेछ । तीन दिन सम्म चल्ने बैठकमा महाधिवेसन को मिति तथा स्थान को प्रस्ताव लगायत अन्य राजनीतिक बिषयमा छलफल गरि टुंगो मा पुग्ने छ।
आजको बैठकमा ओलीले कसैले फेसबुकमा लेख्दैमा आफुले पद नछाड्ने तर कमिटीले भन्यो भने एक मिनेट पनि नबस्ने धारणा ब्यक्त गरेका थिए।