सोमबार, ११ कार्तिक, २०८२

नेकपा एमाले पाल्पा काठमाडौँ सम्पर्क मंचको १२ औ जिल्ला सम्मेलन सम्पन।

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ५ फाल्गुन, २०८०

नेकपा एमाले पाल्पा काठमाडौँ सम्पर्क मंचको  १२ औ जिल्ला सम्मेलन  सम्पन।

काठमाडौँ। नेकपा एमाले पाल्पा काठमाडौँ सम्पर्क मंचले आफ्नो १२ औ जिल्ला सम्मेलन  शनिबार सम्पन्न   गरेको छ। काठमाडौँ नक्सालमा रहेको लिसरा रिसेप्सनमा मा आयोजित सम्मेलन लाइ  नेकपा एमालेकेन्द्रिय  सम्पर्क समन्वय कमिटिका सम्योजक तथा स्थायी  कमिटि सदस्य लाल बाबु पण्डितले उद्घाटन गरेका छन्। कार्यक्रममा नेकपा एमाले पाल्पाका नेताहरु दल बहादुर राना ,ठाकुर गैरे ,नारायण आचार्य ,ठानेश्वर  बस्याल, राधा कृष्ण कंडेल लगाएतका नेताहरुले बोलेका थिए। सम्मेलन पाल्पा काठमाडौँ सम्पर्क मंचका अध्यक्ष निल सारुको अध्यक्षतामा सम्पन्न भएको थियो भने सम्मेलनको संचालन मंच का सचिब डी आर पोखरेल ले गरेका थिए। मंचका उपाध्यक्ष लक्ष्मण अधिकारि ले सवागत मन्तब्य ब्यक्त गरेका थिए।सम्मेलनलेअध्यक्ष निल सारु ले पेश गरेको राजनीतिक तथा सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्ष  हरि भण्डारी ले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।  शनिबार  उद्घाटन भएको सम्मेलनले नया कार्यसमितिको चयन गर्नेछ। नया बन्ने कार्यसमिति सकेसम्म सर्वसहमतीमा बनाउन नेताहरुले सुझाए पनि त्येसो हुन नसक्दा सम्मेलन लम्बिएको छ। सहमतिमा पदाधिकारी चयन हुन नसकेपछि सोमबार निर्वाचन हुने आयोजक समितिका एक सदस्यले बताए। 
पाल्पा काठमाडौँ सम्पर्क मंचका हालका अध्यक्ष निल सारु भर्खरै सम्पन्न लुम्बिनी प्रदेश समन्वय कमिटीको  उपाध्यक्षमा निर्वाचित भएपछी मंचका हालका  उपाध्यक्ष तथा सचिब  लक्ष्मण अधिकारि र डी आर पोखरेल दुबैजना अध्यक्षका आकांक्षी  रहेका छन् । सचिबमा भने हालका कोषाध्यक्ष  हरि भण्डारी निर्बिरोध निर्वाचित भएको बताइएको छ। बाँकी पदाधिकारीको चयन सोमबार हुने निर्वाचनबाट नै चयन गरिने बताइएको छ। पाल्पा काठमाडौँ सम्पर्क मंचले १६५० सदस्यहरु बनाएर ३६५ प्रतिनिधिहरुको चयन गरेको थियो। 

नेकपा एमाले पाल्पा काठमाडौँ सम्पर्क मंचको  १२ औ जिल्ला सम्मेलन  सम्पन।

advertisement_1676998982.gif