शुक्रबार, ५ बैशाख, २०८२

नेकपा एमाले सम्पर्क समन्वय कमिटीको १२ औं पुर्ण बैठक सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ८ फाल्गुन, २०८०

नेकपा एमाले सम्पर्क समन्वय कमिटीको १२ औं पुर्ण बैठक सम्पन्न

फागुन ८, काठमाडौ।  नेकपा एमाले सम्पर्क समन्वय कमिटीको १२ औं पुर्ण बैठक श्याम कुमार बस्नेतको अध्यक्षतामा सोमवार सम्पन्न भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । 

बैठकमा प्रदेश सम्पर्क कमिटीका अध्यक्षहरुले आफ्नो आफ्नो प्रदेशमा भएका कामबारे जानकारी गराउनु भएको थियो । सम्पर्कमा लामो समय काम गरेर हाल जिम्मेवारी बिहिन हुनु भएका कमरेडहरुलाई उपयुक्त जिम्मेवारी दिन बैठकमा नाम सिफारिस गरिएको थियोे ।सिफारिस गरिएका नेता कमरेडहरुलाई पार्टीका विभिन्न तहमा व्यवस्थापन गरिदिन सम्पर्क समन्वयको पदाधिकारीलाई म्यान्डेट दिने निर्णय गरिएको थियो । गण्डकी प्रदेश सम्पर्क कमिटीले प्रतिनीधि विवाद सुल्झाएर सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको जानकारी गराइएको छ ।

त्यस्तै बैठकले समन्वय कमिटीका सदस्य नन्दकुमार राईलाई सचिवालय सदस्यमा  मनोनयन  गरेको छ । सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेतले समिक्षात्मक प्रतिवेदन पेश गर्दै भुकम्पमा जाजरकोटमा सहयोग गरेको, प्रशिक्षण सञ्चालन गरेको, अन्तरत्रिया कार्यक्रम गरेको लगायतका विषय वारे चर्चा गर्नु भएको थियो । उहाले हालसम्म १९ जिल्ला सम्पर्क मञ्चहरुको सम्मेलन सम्पन्न भएकोमा धन्यवाद दिनु भएको थियो ।  

सहसंयोजक थानेश्वर बस्यालले कमिटीको आर्थिक स्वास्थ्य  वलियो वनाउन सवै कमरेड जिम्मेवार हुनुपर्ने धारणा राख्नु भएको थियो ।  
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी पण्डितले पार्टी बिधि र बिधानमा रहेर कमिटी अगाडि बढ्न निर्देशन दिनु भएको थियो । सम्पर्कको क्षेत्र बलियो र फराकिलो बनाउन आफुले पहल कदमी लिने बताउनु भएको थियो । आफु वलियो हुन कस्लाई मन हुदैन ? आफु फैलिन कस्लाई मन हुदैन ? भन्दै उपयुक्त समयमा सम्पर्क क्षेत्र वलियो वनाउन लागि पर्ने विश्वास दिलाउनु भयो ।  केन्द्रिय कमिटी वैठकको लागि आएका सुझाव  एजेण्डा अनुसार राखिदेने प्रतिवद्दता जनाउनु भएको थियो । वैठकमा केनिद्रय सदस्य नरेन्द्र श्रेष्ठ, कल्पना थापा लागायको उपस्थिती थियो । 
बैठकमा बैठक सम्पर्क समन्वय कमिटिका सचिव इन्द्र भण्डारीले सञ्चालन गर्र्नु भएको थियो ।

नेकपा एमाले सम्पर्क समन्वय कमिटीको १२ औं पुर्ण बैठक सम्पन्न

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif