सोमबार, ११ कार्तिक, २०८२

नेम्वाङको निधनले मर्माहत छु : प्रधानमन्त्री दाहाल

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २६ भाद्र, २०८०

नेम्वाङको निधनले मर्माहत छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको उल्लेख गरेका हुन् ।

उनले लेखेका छन ‘संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

उनले भावपूर्ण श्रद्धान्जलीसहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

एमाले उपाध्यक्ष नेम्वाङको गएराति १ बजे हृदयघातका कारण निधन भएको थियो ।

advertisement_1676998982.gif