मंगलवार, ३० बैशाख, २०८२ 3:39:49 AM

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्कियो, एमाले, माओवादी, रास्वपा र जसपाको सहितको सरकार बन्ने

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २१ फाल्गुन, २०८०

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्कियो, एमाले, माओवादी, रास्वपा र जसपाको सहितको सरकार बन्ने

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको राजनीतिक असमझदारीका कारण वर्तमान सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।

अब नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी गठबन्धनको सरकार बन्ने निश्चित भएको छ ।

सोमबार नै नयाँ मन्त्रिपरिषद् गठन हुने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन्।  अघिल्लो वर्ष पुस १० अघिसम्म कांग्रेस, माओवादी केन्द्र लगायतका दल सम्मिलित गठबन्धन थियो। तर सो गठबन्धनबाट प्रधानमन्त्री बन्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यही दिन एमालेसँग नयाँ गठबन्धन निर्माण गरी प्रधानमन्त्री नियुक्त भएका थिए।

हिजो राति बालुवाटारमा भएको सहमति अनुसार कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमालेसहितको नयाँ सत्ता समीकरण बनाउन नेताहरू सहमत भएका छन् । सोही अनुसार एमाले सचिवालय बैठक बसेर नयाँ सरकार गठन, सरकारमा सहभागी हुने दल, दलबाट पहिलो चरणमा पठाइने मन्त्री र मन्त्रालयको भागबन्डा गर्न नेताहरू बालुवाटारमा छलफलमा जुटेका हुन् ।

नयाँ सरकारमा कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुङ्गयाउन एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने र जसपाका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif