राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २९ आश्विन, २०८२
२०८२ असोज २९, काठमाडौं । विशेष महाधिवेशन माग्दै नेपाली कांग्रेसमा शुरु भएको हस्ताक्षर संकलनअभियान अन्तर्गत आज संकलित हस्ताक्षर लाइ कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको छ ।
केन्द्रीय कार्यालय सानेपामा पुगेर कावा सभापतिलाई हस्ताक्षरसहितको फाइल बुझाइएको एक नेताले बताएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइराला निकट नेताहरूले हस्ताक्षर संकलन गरेका थिए ।
विशेष महाधिवेशनको पक्षमा ५४.५८ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गगरेको बताइएको छ । कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन डाक्न ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर चाहिन्छ । संकलित हस्ताक्षर बुझेपछि खड्काले कुनै प्रतिक्रिया भने दिएका छैनन् ।