राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २४ चैत्र, २०८१
२५ चैत्र २०८१, काठमाडौं । भारतको सर्वोच्च अदालत र नेपालको सर्वोच्च अदालतबीच द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । भारतका प्रधान न्यायाधीश सञ्जीव खन्ना र नेपालका प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा कानुन र न्यायको क्षेत्रमा भएका पछिल्ला विकासहरूबारे जानकारी आदानप्रदान गर्ने, न्यायालयका विभिन्न तहका न्यायाधीश र कर्मचारीबीच अन्तरक्रिया प्रवर्द्धन गर्ने कार्यक्रमहरू गर्ने उल्लेख छ ।
दुवै पक्षबीच बलियो न्यायिक सहयोगलाई अझै मजबुत बनाउनका लागि एक संस्थागत संरचना पनि तयार गर्ने सहमति भएको छ ।