राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १९ भाद्र, २०८२
२०८२ भदौ १९, काठमाडौँ । फेसबुकको माउ कम्पनी मेटा नेपाल सरकारसँग सम्पर्कमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सूचीकरण नभएका २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि मेटाले मन्त्रालयसँग सूचीकरणका लागि आवश्यक कागजात मागेको हो।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत कागजातको विवरण माग गरेको हो ।
सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाललाई क्रमशः बन्द गर्ने निर्णय गरिसकेको छ भने, नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायकहरूलाई २६ वटा सञ्जाल रोक्न निर्देशनसमेत दिइसकेको छ ।
नेपालमा सामाजिक सञ्जाल दर्ता र नियमनबारे अहिले चर्को बहस सुरु भएको छ ।