राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १२ श्रावण, २०८२
११ साउन २०८२, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचारमा मुछिएका तत्कालीन अध्यक्ष दिगम्बर झालाई ३ लाख धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।
आइतबार न्यायाधीशद्वय नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले थुनछेक बहसपछि झालाई तीन लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै उनीसहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० साल चैत १५ गते मुद्दा दायर गरेको थियो ।