मंगलवार, २८ आश्विन, २०८२

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ९ आश्विन, २०८२

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक

२०८२ असोज ९, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । लेखककी ८९ वर्षीया माता शारदा लेखकको विहीवार साँझ निधन भएको स्वकीय सचिव जनक भट्टले बताए ।

दम लगायतको रोगका कारण अस्पतालमा उपचाररत रहेको अवस्थामा निधन भएको हो । केही दिनदेखि सारदादेवीलाई ह्याम्स अस्पताल राखिएको थियो ।

उनको चार छोरी र एक छोरा छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

advertisement_1676551646.gif