शनिबार, ६ बैशाख, २०८२

न्यायोचित मनका साथ गहन रुपमा संवाद गरेमा नेपाल-भारतबीचका समस्या सहजै समाधान गर्न सकिन्छ: प्रधानमन्त्री ओली

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २२ भाद्र, २०८१

न्यायोचित मनका साथ  गहन रुपमा संवाद गरेमा नेपाल-भारतबीचका समस्या सहजै समाधान गर्न सकिन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले  न्यायोचित मनका साथ  गहन रुपमा संवाद गरेमा नेपाल-भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताएका छन्। जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल-भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल-भारतबीचमा धेरै समस्या नभएर केहि   समस्याहरू रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन गरिएको स्मरण गरे। 
'इपिजीको प्रतिवेदन बुझ्ने-बुझाउने मौका अहिलेसम्म मिलेको छैन। नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन भन्दै प्रधानमन्त्री ओलीले  भारतीय पक्षले  पनि  अब प्रतिवेदन बुझ्ला भन्ने  लागेको कुरा बताएका छन्।  प्रतिवेदन बुझेपछि दुवै मुलुकका बीचमा थाँती रहेका विषयमा छलफल गर्न सहज हुन्छ 'भारत लामो संस्कृति भएको छिमेकी मित्र हो। हामीले खुलारूपमा छिमेकीसँग कुरा गर्नुपर्छ। खुला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्न मिल्दैन। सत्ता प्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुख बन्द गर्ने वा टाउको हल्लाउने काम हामीले गर्नु हुँदैन' उनले भने। हरेक बिषयको छलफल तथा देखिएका समस्याका समाधानका लागि  दुवै पक्षको सहमति र छलफलका आधरमा गरिनुपर्छ।' 
संयुक्त राष्ट्रसंघको मर्म र विभिन्न देशमा भएका भिभिन्न खाले  अभ्यासको अध्ययनका आधारमा पूर्व प्रशासक उपाध्यायले पुस्तक तयार गरेर बौद्धिक योगदान दिएको बताउँदै प्रधाामन्त्री ओलीले पुस्तकमा अन्तर्राष्ट्रिय मान्यतासहितको न्यायोचित राष्ट्रवाद प्रकट भएको र यसका आधारमा थप बहस गर्न सकिने बताए।
  
 

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif