राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ३० भाद्र, २०८२
२०८२ भदौ ३०, काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । सोमबार अपरान्ह मन्त्रीहरूले शीतल निवासस्थित राष्ट्रपति भवनको परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयता शपथ ग्रहण गरेका हुन् ।
रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्री र ओमप्रकाश अर्यालले गृह, कानुन तथा संसदीय मामिला मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका थिए ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह रावत,राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीलगायत सहभागी थिए ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले तीन जनालाई आजै मन्त्री नियुक्त गरेका थिए ।
जेनजी आन्दोलनका कारण नागरिक स्तरको सरकार गठन हुने परिस्थिति बनेपछि कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।