सोमबार, ११ कार्तिक, २०८२

नवनियुक्त मन्त्री न्यौपानेले लिइन् शपथ

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १ श्रावण, २०८२

नवनियुक्त मन्त्री न्यौपानेले लिइन् शपथ

३२ असार २०८२, काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शपथ लिएकी छन् । बुधबार साँझ राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मन्त्री न्यौपानेले शपथ लिएकी हुन् ।

न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार मन्त्री नियुक्त गरेका थिए । राजकुमार गुप्ताले घुस डिल अडियो सार्वजनिक भएपछि मंगलबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, सुरक्षा निकायमा प्रमुख, संवैधानिक निकाय प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायतको  सहभागिता थियो ।

यसअघि उनी नेकपा (एमाले)का तर्फबाट राष्ट्रियसभामा सचेतकको भूमिकामा थिइन्।

advertisement_1676998982.gif