मंगलवार, २८ आश्विन, २०८२

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै

रााष्ट्रिय सन्‍देश डेक्‍स, आईतवार, २९ भाद्र, २०८२

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै

२०८२ भदौ २९, काठमाडौं । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) पदभार ग्रहण गर्ने भएकी छन् ।

गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भइरहेको हो । प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका छ ।

शुक्रबार शपथग्रहण कार्यक्रम लगत्तै पदभार ग्रहणको तयारी गरिए पनि शपथमै ढिलाइ भएपछि पदभारको कार्यक्रम रोकिएको थियो ।

यसैबीच अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री कार्कीले आज मन्त्रिपरिषद् पनि विस्तार गर्ने भएकी छन् । शुक्रबार शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आज सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् ।

जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेनजीहरू छन् ।

राजनीतिक दलमा संलग्न भएको भन्दा बाहिरैबाट मन्त्री चयन गर्ने तयारी उनीहरूको छ ।

advertisement_1676553851.gif