राष्ट्रिय सन्देश संबाददाता, १० घण्टा पहिले
२०८२ कार्तिक ९, काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएसँगै मन्त्रालय पुगेर गुप्ताले पदभार ग्रहण गरेका हुन् ।
पदभार सम्हाल्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा मन्त्रालयमा हुने बैठक लाइभ गर्ने निर्णय गरेका छन् । गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका हुन् ।
नले विगतमा मन्त्रीहरूले बोलेर मात्र काम नगर्दा मुलुक बिग्रेको बताएका थिए । गुप्ताले युवाका माग सुनी व्यवहारिक रूपमा कार्यान्वयन गर्न मन्त्रालयको टिमसँग छलफलपछि अघि बढ्ने बताए ।
उनले भने, ‘हामीसँग समय र स्रोत दुवै सीमित छन्, त्यसैले गफ होइन—काम गरेरै परिणाम देखाउँछौं। ‘युवाहरुको माग छ र उनीहरुको कुरा राष्ट्रले नसुनिरहेको अवस्थामा अब त्यो कुरालाई एक ठाउँमा लिएर आउने र इम्पिलिमेन्टतर्फ पनि यो युवा मन्त्रालयको तर्फबाट कसरी यसलाई अघि बढाउने भन्ने विषयमा हामी छलफल गर्छौं । र के–के कुरा हुन्छ । पहिला हामी कामै गरौं काम गरेपछि त्यो निर्णयहरु हामी तपाईहरुको अगाडि प्रस्तुत गर्ने नै छौँ । त्यसका लागि कृपया तपाईंहरुले हामीलाई पनि समय दिनुहोला । किनभने हामीसँग सर्ट टाईम छ । रिसोर्सेस पनि थोरै नै छ । काम गर्नुपर्ने धेरै छ । डेलिभरी गर्नुपर्ने धेरै छ । त्यसो भएकाले हामी कामैतर्फ लाग्छौ । हामीलाई काम गर्न दिनुहोला ।
हामी के काम हुन्छ, त्यसलाई डेली प्रस्तुत गर्नेछौँ । बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउन । मात्रै यो बोल्दो रहेछ भनेर भएन । बोलेर नै यो सबै कुरा बिग्रेको हो नि । मैले आफू अनुकूल टिमसँग सल्लाह गरेर नेपालमा के कुरा फ्लेजिबल छ त । हामीले आफूसँग भएको रिसोर्सेस पनि हेर्नुपर्ने होला । हुँदै नहुने कुरा भनेर भएन । त्यो गरियो भने फेरी पनि आशा मर्छ नि त । प्रश्न के उठिराखेको छ भने जो गयो बोल्ने त हो नि । कराउने त हो । यसरी बोलीराख्दा हामीलाई पनि चित्त दुख्छ । त्यसो हुनाले हामी जतिसक्दो काम गर्छौं । अनि कामको कुरा ब्रिफिङ गर्छौं, आज चाहीँ गफगफको ब्रिफिङ हुन्छ ।’