शनिबार, ६ बैशाख, २०८२

नयाँ सरकार गठनबारे काँग्रेस-एमाले सहमति

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १९ असार, २०८१

नयाँ सरकार गठनबारे काँग्रेस-एमाले सहमति

काठमाडौँ, असार १८ । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ ।सो सहमतिमा गएराती कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हस्ताक्षर भएको हो ।

सहमतिमा एमाले अध्यक्ष ओलीले शुरुको दुई बर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।सहमति अनुसार एमालेले अर्थसहित नौ र काँग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने प्रारम्भिक सहमति छ । उनीहरूले प्रदेशलाई ३/३ वटा सरकार बाँडेका छन् भने मधेस प्रदेशमा चाहिँ मधेस केन्द्रित दलकै नेतृत्व हुन सक्ने समझदारी भएको छलफलमा सहभागी एक नेताले बताए ।

त्यस्तै देउवा र ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन संयुक्त रुपमा आह्वान गर्ने सहमति भएको छ भने निर्वाचन प्रणाली परिवर्तनसहित संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी काम गर्न कांग्रेस र एमालेले सहमति गरेका छन् ।

काँग्रेस सभापति देउवा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्र कार्की, आरजु राणा देउवा, एमालेबाट अध्यक्ष ओली, विष्णु पौडेल र शंखर पोखरेल राष्ट्रपतिसँगको भेटमा सहभागी भएको एक नेताले जानकारी दिए ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif