शुक्रबार, ५ बैशाख, २०८२

पाल्पा काठमाडौँ सम्पर्क मंचको अध्यक्षमा लक्ष्मण अधिकारी निर्वाचित

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ८ फाल्गुन, २०८०

पाल्पा काठमाडौँ सम्पर्क मंचको  अध्यक्षमा लक्ष्मण अधिकारी निर्वाचित

काठमाडौँ। नेकपा एमाले पाल्पा काठमाडौँ सम्पर्क मंचको १२ औ जिल्ला सम्मेलनबाट लक्ष्मण अधिकारीको अध्यक्षतामा नयाँ कमिटि  सर्वसम्मतिले चयन भएको छ। पाल्पा काठमाडौँ सम्पर्क मंचको उपाध्यक्षमा लोकहरि वस्ती ,सचिबमा हरिबंश भण्डारी,सहसचिबमा कृष्ण प्रसाद पाण्डे ,कोषाध्यक्षमा दिपेन्द्र देवकोटा निर्वाचित भएका छन। साथै सदस्यहरुमा कृष्ण प्रसाद गैरे ,महेन्द्र ढकाल ,राम प्रसाद खनाल ,निर्वाचन गैरे ,बिष्णु बहादुर थापा ,सुरज मल्ल ,जयराम चापागाईं ,बिहानी पंगेनी ,मेघराज पोखरेल ,सामा बहादुर जर्घा ,ध्रुब बहादुर सिंजाली ,रामजी शाही समुन्द्री ,प्रदीप आचार्य ,नारायण कार्की ,भागिरथ कुमार पोख्रेल ,सागर पाण्डे ,सश्रिका थापा ,श्रृष्टि खनाल ,गङ्गा भण्डारी,ज्वाला पौडेल रहेका छन्।  अन्य रिक्त पदहरुमा पछि मनोनित गरि पद पूर्ति गरिने बताइएको छ। फाल्गुन ५ गते राखिएको जिल्ला सम्मेलनमा सहमति हुन नसकेपछि ७ गते सम्म को लागि लम्ब्याइएको थियो।  अध्यक्षका  अर्का उम्मेदवार डि आर  पोखरेलले  लक्ष्मण अधिकारि लाइ समर्थन गरेपछि सर्वसम्मतिले कमिटि गठन हुन् सम्भब भएको हो। पाल्पा काठमाडौँ सम्पर्क मंचले आफ्नो १२ औ जिल्ला सम्मेलन फाल्गुन ५ गते  शनिबार   गरेको थियो। 

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif