मंगलवार, १७ असार, २०८२

पानी जहाज विधेयक राष्ट्रिय सभाबाट पारित

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २७ जेष्ठ, २०८२

पानी जहाज विधेयक राष्ट्रिय सभाबाट पारित

२६ जेठ २०८२, काठमाडौँ । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसमा सांसदहरूले छलफल गरी प्रश्नसमेत गरेका थिए ।

मन्त्री दाहालले छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै विधेयकलाई आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न बाटो खोल्ने बताए ।

कोशी र नारायणी नदीबाट भारतसम्मको पहुँच अभिवृद्धि गर्न र गंगा नदी हुँदै कोलकतासम्मको पहुँच विस्तार गर्नसके समुन्द्रसम्म पुग्न सकिनेसमेत उनले बताए ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif