मंगलवार, २८ आश्विन, २०८२

पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १२ आश्विन, २०८२

पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस

२०८२ असोज १२, काठमाडौं । जेन-जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

आइतबार बसेको आयोग बैठकले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सिडिओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो ।

आयोगबैठकले छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल उनीहरू अनुसन्धानको दायरामा रहेकोले निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्न साथै कुनै पनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको हो ।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निजहरुलाई अनुसन्धानका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा विदेश भ्रमण रोक लगाउन आवश्यक देखिएको छ ।’ यस्तै, आयोगले छानबिन प्रभावकारी बनाउन विज्ञसहितको थप जनशक्ति आवश्यक देखिएको भन्दै गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय पनि गरेको छ ।

advertisement_1680627680.gif