सोमबार, ११ कार्तिक, २०८२

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ श्रावण, २०८२

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुँदै

४ साउन २०८२, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ । एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे भेट्ने कार्यक्रम तय भएको हो । 

ओलीसँगको यस भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र एमालेभित्रका आन्तरिक विषयमा छलफल हुने अनुमान गरिएको छ ।

भण्डारीले एमालेका सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेसँगै एमालेभित्र नयाँ बहस छेडिएको छ । भण्डारी राजनीतिमा फर्किनु अस्वभाविक रहेको भन्दै ओली भने असन्तुष्ट देर्खिका छन् । जसले गर्दा पछिल्लो समय भण्डारी र ओलीबीच टकरावको स्थिति समेत देखिएको छ । 

पोलिटब्युरोको चौथो बैठकमा अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नभएको बताएका थिए । भण्डारी पार्टीको सक्रिय राजनीतिमा फर्किएको विषयमा अध्यक्ष ओलीले छलफल गर्ने बताएका थिए।

advertisement_1676998982.gif